+
+

खाडी मुलुकमा घरेलु कामदार नपठाउन संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २० गते २२:४०

२० चैत, काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकमा घरेलु कामदार पठाउने कार्य पूर्ण रुपमा बन्द गर्न सरकारलाई निर्देश गरेको छ ।

समितिको आइतबार बसेको बैठकले तत्कालका लागि घरेलु कामदार सम्बन्धी ठोस कानुन नबनाउदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म कामदार नपठाउन निर्देशन दिएको हो ।

साथै समितिले खाडी मुलुकमा अलपत्र अवस्थामा रहेका र समस्यामा परेका नेपाली कामदारलाई तुरुन्त स्वदेश फर्काउन उच्च स्तरबाट पहल गर्न पनि सरकार, परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसैगरी मानव तरुकरीमा संलग्न नेपाल बाहिरका नेपाली तथा विदेशीलाई समेत कारबाहीको दायरामा ल्याउन कूटनीतिक पहलका लागि समेत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले सरकारले खाडी मुलुकमा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको मितिदेखि हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख रहेका व्यक्तिहरु जुनसुकै जिम्मेवारीमा रहेको भए पनि निलम्बन गरी कानुनी कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैदेशिक रोजगारीमा देखिएका समस्याको निरन्तर पहिचान र समस्या समाधान गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयसहितको संयुक्त स्थायी संयन्त्र तुरुन्त गठन गरी कार्य प्रारम्भ गर्न पनि समितिले निर्देश गरेको छ ।

समितिले बैदेशिक रोजगारीको आवरणमा संगठित रुमा भइरहेको मनव तस्करी सम्बन्धमा परराष्ट, श्रम तथा रोजगार, गृह, श्रम मन्त्रालय तथा वैदेशिक रोजगार विभाग तथा अध्यागम विभागका पदाधिकारीसँग छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?