+
+

मोरङको सुनवर्षीमा सिरुवा मेला

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २ गते ११:३५

२ वैशाख विराटनगर । मोरङको रतुवामाई नगरपालिका-५ गोविन्दपुरस्थित राजा सुनवर्षीको थानमा पुजा अर्चाना गरी सिरुवा मेला भर्नेको शनिबार भिड लागेको छ ।

तराईका आदिवासी समुदायले ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवता सुनवर्षी महाराजको ग्रामथानमा फूलको घोडा चढाई पूजाआजा गरी मेला भर्ने प्रचलन रहेको छ ।

धार्मिक पर्यटनका रुपमा रहेको यो क्षेत्रमा सिरुवा वर्षको अवसरमा प्रत्येक वर्ष आजकै दिन सुनवर्षी महाराजको थानमा मेला लाग्ने गर्दछ ।

मेला भर्न एवंम सुनवर्षी महाराजको ग्रामथानमा पुजा अर्चाना गर्न पूर्वी तराईको झापा र मोरङ र सुनसरी र दक्षिणी भारतकासमेत मानिसहरु आउने गर्दछन ।

सुनवर्षी महारजाको ग्राम थानमा पुजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।

५० वर्ष अघि सो स्थानमा मेला लाग्दा पोखरीमा रहेको गोहीले मेलामा आउने भक्तजनहरुलाई भाडा कुडा दिने गरेको जनश्रुति रहेको पाइन्छ ।

तीन विघा १२ कठ्ठा क्षेत्रफलमा सुनवर्षी महाराजको ग्राम थान रहेको छ । जसमा २ विघामा पोखरी रहेको छ ।

प्रत्येक वर्ष आजकै दिन विहानै नुहाइधुवाई गरी सफा भएर सुनवर्षी महाराजको ग्राम थानमा पुजा अर्चाना गरी पोखरी आसपासको क्षेत्रमा लग्ने मेला भर्ने चलन रहेको सुनवर्षीमहाराज ग्राम थान संरक्षण समितिका सचिव शिवदयाल राजवंशीले वताए ।

राजा सुनवर्षी थानको विकासका लागि अहिले १ करोड रुपैयाँको गुरु योजना अघि वढाइएको छ ।

तस्वीर: धु्र्ब भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?