+
+

संसदमै कानुनको धज्जी, दुई शीर्षक बनाएर १२ करोड भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते ६:२४


५ वैशाख, काठमाडौं । व्यवस्थापिका संसद्का कर्मचारीले विद्यमान ऐन/कानुनलाई अटेर गर्दै एउटै कामका लागि दुई शीर्षकमा झन्डै १२ करोड रुपैयाँ भुक्तानी बुझेको भेटिएको छ ।

सरकारले तोकेको कार्यालय समयभन्दा बढी काम गर्नुपर्ने अवस्थामा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने व्यवस्था नियमावलीले गरेको छ । तर, ऐन/नियम र विद्यमान प्रचलनलाई लत्याउँदै संसद्का कर्मचारीले आर्थिक वर्ष २०७२/७३ मा अतिरिक्त समय काम गरेको भन्दै प्रतिवेदन प्रोत्साहन भत्ता र खाजा खाना भत्ता बुझेको भेटिएको हो ।

सरकारी खर्चको लेखा परीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयले विद्यमान ऐन/कानुनविपरीत संसद्का कर्मचारीले झन्डै १२ करोड रुपैयाँ भत्ता बुझेको भन्दै असुलउपर गर्न निर्देशन गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?