+
+

निर्वाचन आचारसंहिताविपरीत स्वास्थ्यको जम्बो टोली जेनेभा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २१ गते ६:०३


२१ वैशाख, काठमाडौं । निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै स्वास्थ्य मन्त्रालयको जम्बो टोली जेनेभा जाने तयारीमा लागेको छ । विश्व स्वास्थ्य संगठनको ७० औं साधारणसभामा भाग लिन मन्त्रालयको जम्बो टोली जेनेभा जान लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

निर्वाचन आचारसंहिता लागू भए पनि मन्त्रालयले जेनेभा जाने कर्मचारीसहित सचिवालयका १३ जनाको खर्च व्यहोर्ने दाताको सहयोग खोजिरहेका छन् ।

स्वास्थ्य मन्त्रालय अनुगमन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहले विश्व स्वास्थ्य संगठनको साधारणसभा ८ जेठबाट हुन लागेकाले जान लागेको बताएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?