+
+

चुनाव हुने तीन वटा प्रदेशमा १४ गते सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ८ गते १९:५६

८ असार, काठमाडौं । सरकारले दोस्रो चरणको निर्वाचन हुने ३५ जिल्लामा असार १४ गते सार्वजनिक विदा दिएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार मतदान हुने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश नम्बर १, ५ र ७ मा १४ गते मतदान हुँदैछ ।

यस्तै तीन वटा प्रदेशमा असार ११ देखि १४ गतेसम्म चार दिन शिक्षण संस्थाहरुमा विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

शिक्षण संस्थाहरुमा मतदान केन्द्र राखिएको छ । त्यसैले आयोगले शिक्षण संस्थाहरुमा चार दिन विदा दिन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?