Comments Add Comment

बारा र सुनसरीमा श्रीमतीको हत्या

११ असार, सुनसरी/बारा । सुनसरी र बारामा श्रीमानले श्रीमतिको हत्या गरेका छन् ।

सुनसरीको कोशी गाउँपालिकामा बुधबार ३० वर्षीय रामकुमार यादवले श्रीमती २७ वर्षीया संगीता यादवको हत्या गरेपछि भाण्टाबारी प्रहरी चौकीमा आत्मसमर्पण गरेका हुन् ।

प्राप्त सूचनाका आधारमा घटनास्थलमा पुगेका प्रहरी टोलीले कोशी गाउँपालिका-१ राजापोखरी भन्ने स्थानमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

यादवले ससुराली पक्षको तनावका कारण आफूले श्रीमतीको हत्या गरेको बयान प्रहरी समक्ष दिएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

यता बाराको कलैया उपमहानगरपालिका-२४ श्रीपुरका ३५ वर्षीय श्रीकृष्ण रामले ३० वर्षीया श्रीमती कुन्तीदेवीको बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेर श्रीकृष्ण फरार भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए ।

कुन्तीदेवीको शव जिल्ला अस्पताल कलैयामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment