+
+

मानव बेचबिखन रोक्न सचेतना जगाउः सभामुख घर्ती

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २० गते १५:०९

२० भदौ, काठमाडौं । सभामुख ओनसरी घर्ती मगरले मानव बेचबिखन रोक्न सबै मिलेर जनचेतना जगाउनु पर्ने बताएकी छन् ।

‘अवको गन्तव्य मानव वेचविखनको अन्त्य’ भन्ने मूल नाराका साथ मानव वेचविखन तथा ओसारपसार बिरुद्धका ११ औं राष्ट्रिय दिवसका अवसरमा आयोजना गएकिो कार्यक्रममा सभामुख घर्तीले यस्तो बताएकी हुन् ।

नेपाल बिगतमा मानव बेचबिखनको मुख्य श्रोत रहेको र अहिले ट्रान्जिट प्वाइन्ट बनेको बताउँदै सभामुख घर्तीले मानव बेचबिखन तथा ओसारपसार मानव बिरोधी गम्भीर अपराध भएकोले सबै मिलेर जनचेतना जगाउनुपर्ने बताइन ।

सोही कार्यक्रममा संबिधान कार्यान्वयनका लागि तीन तहको चुनाव बेलैमा सम्पन्न गर्नुपर्ने दायित्व सबैको काँधमा रहेको भन्दै सभामुख घर्तीले राजनीतिक स्थिरताका लागि संबिधानले देखाए बमोजिम अगाडि बढ्नु पर्ने  सभामुख घर्तिको भनाइ छ ।

कार्यक्रमकी अध्यक्ष महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले बिगतमा खुला सिमानाका कारण यौन शोषणका लागि वेचविखन हुने गरेकोमा केही वर्ष यता नेपालका आन्तरिक बजार र बैदेशिक रोजगारीका लागि हुने श्रम आप्रवासनले वेचविखनको आयाम र स्वरुपमा समयसापेक्ष जटिलता थपेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?