+
+

रेनोको अत्याधुनिक सुबिधा(सम्पन्न सर्भिस भेइकलको सेवा सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते १०:५३

 

२५ मंसिर , काठमाडौं । रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वर्कशप अन हुइल’ (वाउ) नामक सर्भिस भेइकल रेनोका उपभोक्ताहरुलाई सेवा सुरुवात गरेको छ ।

रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा ल्याएको हो । यो सेवाबाट रेनोको उपभोत्ताहरुले लाभ लिन सक्नेछन् । रेनोको यो सेवाले बिशेष गरि काठमाडौँ उपत्यकाभरि फैलिएर रहेका आफ्ना ग्राहकहरुलाई प्रभावकारी र अत्यावश्यक समयको बेला सेवा प्रदान गर्ने छ ।

एड्भान्स अटो मोवाइल प्रा. लिले यस्तो सर्भिस सेवाको सुरुवात गरेको छ । यो सेवा उपत्यकाका ग्राहकले घरबाटै प्राप्त गर्न सक्नेछन् । यस सर्भिस सेवा पूर्णत अत्याधुनिक र सुविधा सम्पन्न हुनुको साथै यो सेवाबाट कारमा आउने ८० प्रतिशत समस्या त्यही नै समाधान हुनेछन् । रेनो उपभोक्ताहरूले यो सेवा लिनको लागि १६६०-०१-१६६६६ टोल फ्री नम्बरमा कल गर्न सकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?