Comments Add Comment

आकाशबाट एकाएक किन बर्सिए चमेरा ?

आकाशबाट माछा तथा भ्यागुता बर्सिएका खबर त बेलाबेलामा सुन्ने गरिएकै छ । तर अष्ट्रेलियामा चाहीँ यो पटक चमेराको वर्षा भएको छ ।

चमेराको वर्षासँगै मानिसहरु त्रसित भए । तर वैज्ञानिकहरुले चाहीँ भयभित नहुन आग्रह गर्दै चमेराको वर्षा हुनुको कारण खोलिदिएका छन्।

दक्षिणी अष्ट्रेलियामा पछिल्ला दिनहरुमा लगातार चमेरोको वर्षा हुने गरेको छ । अर्धमृत चमेराहरु भुइँमा बजि्रएसँगै मर्ने गरेका छन् । चमेरोको वर्षा हुनुको कारण चाहीँ निकै सामान्य रहेछ ।

वास्तवमा अत्यधिक गर्मीका कारण चमेराहरु उड्दाउड्दै आकाशबाट खस्ने गरेका छन् । अष्ट्रेलियामा पछिल्ला दिनमा अत्यधिक गर्मीका कारण मानिस तथा जिवजन्तु पनि आक्रान्त बनिरहेका छन् ।

तापक्रम वृद्धिको मार चमेरामा पनि परेको छ । अष्ट्रेलिायमा संरक्षित जिवको रुपमा रहेको फक्स प्रजातिका चमेराहरु गर्मीका कारण भकाभक मर्न थालेपछि संरक्षणकर्मीहरु चिन्तित बनेका छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment