+
+

राष्ट्रियसभा चुनावको मतदाता नामावली प्रकाशन आज

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ७ गते ९:३२

७ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ ।

माघ २४ का लागि राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो ।

आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् । शपथ ग्रहणसकिएपछि नामावली प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ । ५५० जना प्रदेश सांसद् र ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सांसद् निर्वाचित गर्नेछन् ।

कुल ५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ८-८ जना चुनावबाट निर्वाचित हुनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?