+
+

संविधानको सर्वस्वीकार्यमा कुनै द्विविधा छैन : ओली

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २८ गते १५:१२

२८ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको सर्वस्वीकार्यतामा अब कुनै द्विविधा नरहेको बताएका छन् ।

आइतबार नेपाल व्यवस्थापन संघ (म्यान) को ३७ औं साधारणसभाको काठमाडौंमा उद्घाटन गर्दै उनले संविधान जारी हुँदाको बेलामा जस्तो विमति बाँकी नरहेको दाबी गरे ।

संविधानले तयार गरेको संरचनाका आधारमा निर्वाचनमा सहभागी हुने, निर्वाचन जित्ने, हार्ने भएपछि अब संविधानको सर्वस्वीकार्यतामा कुनै द्विविधा नभएको ओलीको भनाइ छ । ‘संविधानलाई अब सबैले सहजताका साथ लिएका छन् । यसमा अब कुनै द्विविधा छैन’ उनले भने ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्यतिर पुगेको भन्दै ओलीले अब विकास र समृद्धिको बाटोमा लाग्ने बताए ।

नेपालमा स्रोत र साधनको अभाव नभए पनि त्यसको व्यवस्थ्ाापन नहुँदा नेपाली गरिब हुनु परेको उनले बताए । ‘नेपाल गरीब हुनै नसक्ने तर व्यवस्थापनको अभावले गरिबी भोगिरहेको छ । तर अब व्यवस्थापनको अभावमा कुनै पनि कुरा अपुरो हुदैन’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?