+
+

ओलीलाई भेट्न बालकोट पुगे भारतीय राजदूत, सुनाए मोदीको सन्देश

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ४ गते ११:२५

४ फागुन, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै बधाइ तथा शुभकामना दिएका छन् । बधाइ दिन राजदूत पुरी पुष्पगुच्छासहित ओली निवास बालकोट पुगेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना पत्र लिएर पुरी बिहीबार साँझ बालकोट पुगेका थिए ।

बिहीबार राति नै प्रधानमन्त्री मोदी र विदेशमन्त्री सुस्मा स्वराजले ओलीलाई टेलिफोन गरी कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

टेलिफोन वार्ताको क्रममा मोदीले भारत भ्रमणको निम्तो दिएको र ओलीको कार्यकालमा दुई देशबीचको सम्वन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेको ओलीको सचिवालयले जनाएको छ ।

ओलीले पनि मोदीलाई जनकपुर र मुक्तिनाथ भ्रमणका लागि आउन निम्तो दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?