+
+

प्रधानमन्त्री ओली र रसियाली प्रतिनिधिमण्डलबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १५ गते १८:०८


१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार रसियाली प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा रसियाको एकातेरिन वर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रतिनिधिमण्डलसँग भेट गर्दैै ओलीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताएका छन् ।

सन् २०२५ को वर्ल्ड एक्स्पो आयोजना गर्न आफ्नो प्रान्तले उम्मेदवारी दिएकोले त्यसलाई समर्थन गरिदिन प्रधानमन्त्री ओली समक्ष भिसोकिन्सीले आग्रह गरेका छन् ।

उक्त मेलामा विश्वका विभिन्न देशका राजनीतिक, औद्योगिक, सामाजिक, साँस्कृतिक विशेषताहरु प्रदर्शनी हुने भिसोकिन्सीले प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।

प्रधानमन्त्री ओलीले उपगभर्नर भिसोकिन्सीको भ्रमणले नेपाल र रसियाको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदले पूर्णता पाएपछि भिसोकिन्सीको प्रस्त्ाावमा छलफल गरेर निर्णयमा पुग्ने बताएका छन् । ‘तपाईंको प्रस्तावलाई सकारात्मक लिएको छु । मन्त्रिपरिषदमा छलफल गरेर निर्णय गर्नेछु’ प्रधानमन्त्री ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?