+
+

बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन सुरु गर्छौंः मन्त्री महासेठ

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २७ गते १६:५५

२७ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले एक साताभित्रै विशेष महाशाखा बनाएर जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्ने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाजको सपना साकार हुने उनले बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले भने, ‘हामी एक हप्ताभित्रै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्छौं, यो नेपालीहरुको लागि ठूलो उपलब्धि हो ।’

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा रेलमार्ग र जलमार्गबारे भएको सहमतिलाई ठूलो उपलब्धिको संज्ञा दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सगरमाथाको देशमा सागरको पहुँच पुर्‍याउँछु भनेको उनले स्मरण गर्दै उनलै भने, ‘दुबै प्रधानमन्त्रीस्ले दुई देशबीच जे-जति सम्झौता भएका छन्, त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सम्झौताहरु कार्यान्वयन हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

महासेठले थपे, ‘सन् २०१८ भित्र जयनगर-जनकपुर-बर्दिवासमा रेलमार्ग निर्माण सम्पन्न गर्छौं, रेल आउँछ । अर्को साल बर्दिवास-बिजलपुरा, अर्को साल बिजलपुरा-सिमरा निर्माण सम्पन्न गर्छौ ।’

रक्सौल-काठमाडौं जोड्ने सहमति हुनु उपलब्धिमूलक भएको भन्दै उनले एक वर्षभित्र सर्वेक्षण गरेर डिपीआर तयार पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?