Comments Add Comment

भारतबाट एक वर्षमै आउनेछ मोरङमा रेल, धमाधम बन्दैछ रेलमार्ग

३ वैशाख, विराटनगर । हिजोआज भारत र चीनबाट काठमाडौं जोड्ने रेलको विषय निकै चर्चामा छ । भारत वा चीन कहाँको रेल चाँडै काठमाडौं आइपुग्छ भन्ने बहस पनि भइरहेको छ ।

यता मोरङको कटहरीसम्म भारतबाट रेल ल्याउनका लागि भने धमाधम रेलमार्ग निर्माण भइरहेको छ । भारतीय निर्माण कम्पनी इकर्नले लिक बिच्छ्याउने काम गरिरहेको छ । कटहरी स्टेशननजिकको ३ किलोमिटर क्षेत्रको मुआब्जा विवाद समाधान भए अबको १ वर्षभित्र भारतको बथनहादेखि नेपालको कटहरीसम्म रेल नै आउनेछ ।

३ अर्ब ७३ करोड भारतीय रुपैयाँ लागत रहेको रेलमार्गको लम्बाई १८ दशमलव ६ किलोमिटर छ । जसमा नेपालतर्फ १० किलोमिटर र बाँकी भारततर्फ पर्छ ।२०१३ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी भारतीय कम्पनी इकर्नले २०११ मा निर्माणको जिम्मा लिएको थियो । तर अहिलेसम्म भारत तर्फको काम अन्तिम चरणमा पुगेको छ भने नेपालतर्फको काम धमाधम भइरहेको छ ।

नेपालको सीमासम्म आगामी अक्टोबरसम्म रेल आउनेछ । नेपालमा जग्गाको विवाद अन्त्य भए अर्को वर्षको मार्चसम्म कटहरीमै रेल गुडेको हेर्न पाइने निर्माण कम्पनीका म्यानेजिङ डाइरेक्टर प्रदीप कुमारले बताए ।

‘हाम्रो काममा कुनै समस्या छैन’ उनले भने ‘नेपाल तर्फको जग्गा विवाद अन्त्य भएमा सम्पूर्ण काम अबको १ बर्षमा सकिनेछ ।’ नेपालको कटहरी स्टेशनमा सात बर्षदेखि जग्गा विवाद कायम छ ।

इकर्नका अनुसार गत मार्च अन्तिसम्म आयोजनाले २ अर्ब सय १३ करोड खर्च भइसकेको छ । बाँकी ६० करोड बराबरको काम स्टेशनको जग्गा विवादले रोकिएको छ ।

सर्वोच्चको फैसला पखाईमा

चलनचल्तीको भाउ अनुसार मुआब्जा पाउनुपर्ने भन्दै १६ जना जग्गाधनीले दिएको मुद्दा जिल्ला अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेको छ । सर्वोच्चबाट फैसला आउन बाँकी नै छ ।

जिल्ला अदालतले जग्गाधनीको पक्षमा फैसला गरेपछि त्यसको पुनरावलोकन माग गर्दै सरकारी पक्ष सर्वोच्चसम्म पुगेको हो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले भने, ‘अदालतको फैसला नआउँदा मुआब्जा वितरणको समस्या समाधान हुन सकेन, जसले गर्दा काम रोकिएको हो ।’

मुआब्जा विवाद समाधानका लागि भारतका प्रतिनिधि, रेल्वे लाइन निर्माण कम्पनी, नेपाल पक्ष र जग्गाधनीसँग छलफल गरेर छिट्टै समाधान गर्ने प्रजिअ आचार्यले बताए । सन् २०११ जनवरी २८ देखि सुरु भएको आयोजना सन् २०१३ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी इर्कनले ठेक्का लिएको थियो ।

यो रेलमार्ग बनेपछि नेपालले तेस्रो मुलुकबाटसमेत सामान आयात गर्न पाउने छ । कलकत्ताबाट रेलले ढुवानी गरेको सामानहरु सिधै कटहरीसम्म ल्याउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment