Comments Add Comment

कंगनाले लगाइन् निर्देशकमाथि यस्तो आरोप

बलिउड नायिका तनुश्री दत्ताले नायक नाना पाटेकरमाथि यौन उत्पिडनको आरोप लगाएपछि अब अन्य नायिकाहरुले पनि मुख खोल्न थालेका छन् । अब, नायिका कंगना रनावत पनि अगाडि आएकी छिन् । चलचित्र ‘क्विन’का निर्देशक विकास बहलले आफूलाई यौन हिंसा गरेको आरोप कंगनाले लगाएकी छिन् ।

‘फ्यान्टम’ चलचित्रकी एक महिला कर्मचारीले विकास बहलमाथि आरोप लगाए लगतै कंगनाले उनको समर्थनमा आफ्नो भनाई सार्वजनिक गरेकी हुन् । कंगनाले भनेकी छिन्-‘सन् २०१४ मा ‘क्विन’ चलचित्रको छायांकन गर्ने क्रममा विकास मेरो नजिक आउथ्य । उनले आफ्नो मुख मेरो गर्धन नजिकै ल्याएर मलाई आफूतिर तान्थे । उनले मलाई -‘तिम्रो कपालको बासना खुबै मनपर्छ’ भन्थे ।’

कंगनाले आफूले विकासलाई हटाउनका लागि निकै मिहिनेत गर्नुपरेको समेत खुलाएकी छिन् । विकासले आफूसँग हरेक दिन नयाँ यूवतीसँग यौन सम्बन्ध राख्ने गरेको बताउने गरेको समेत कंगनाले खुलासा गरेकी छिन् ।
विकासलाई चलचित्र ‘फ्यान्टम’की एक महिलाले आफूसँग अनुचित व्यवहार गरेको आरोप लगाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment