+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
12/0 (1.4)
VS
चितवन राइनोज 2025
0/0
Shares

तिहारपछि सरकारको कामले गति लिन्छ: माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते १८:५४

१९ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले तिहारपछि सरकारको कामले गति लिने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले वर्षा सकिएकाले अव सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिने दावी पनि गरे ।

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनको चियापान कार्यक्रममा सहभागी भएका उनले संचारकर्मीमाझ सरकारले जनताको समस्यालाई सम्बोधन गर्न ढिलाइ नगर्ने दावी पनि गरे ।

नेता नेपालले सरकारले जनताको अपेक्षा अनुसार कामअघि बढाओस् भन्ने आफूहरुले चाहेको पनि बताए ।

वरिष्ठ नेता नेपालले सरकारको कामको मूल्यांकन गर्ने बेला नभएको टिप्पणी पनि गरे । जनताको समस्या समाधान गरेर अघि बढनुको विकल्प सरकारसँग नरहेकोे नेपालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?