
१७ माघ, काठमाडौं । डा. गोविन्द केसीले आमरण अनसन नतोड्ने भएका छन् ।
चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पास भएपछि डा. केसीले के गर्लान् भन्ने प्रश्न थियो । बिहीबार नै उनलाई भेट्न पुगेका
कांग्रेस सभापति शेरबहदुर देउवाले ज्यान जोखिममा नपार्न आग्रह गरेका थिए ।
तर, डा. केसीले अनसन जारी राख्ने बताएका थिए । सरकारले सम्वाद गर्नुको साटो सत्तारुढ दलका कार्यकर्तालाई अनसनविरुद्ध शिक्षण अस्पतालमै प्रदर्शन गर्न लगाएपछि डा. केसीले असन्तुष्टि जनाएको एक सहयोगीले बताएका छन् ।
उनले जीवन क्षेत्री, अभिषेकराज सिंह लगायतलाई अनसन जारी राख्ने निर्णय सुनाएका छन् । ‘डा. केसीले अनसन जारी राख्छु भन्नु भएको छ’ क्षेत्रीले अनलाइनखबरसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4