Comments Add Comment

चिकित्सा शिक्षा विधेयक प्रमाणीकरण

१० फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार शुक्रबार उक्त विधेयक प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै चिकित्सा शिक्षा विधेयक अब ऐन बनेको छ ।

शुक्रबार नै राष्ट्रपति भण्डारीले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment