Comments Add Comment

अहिले जस्तो राजनीतिक स्थिरता सधैं पाइँदैन : प्रचण्ड

२३ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो राजनीतिक स्थिरताको वातावरण सँधै नपाइने बताएका छन् ।

‘अहिलेको जस्तो अवसर अवसर सँधै पाइँदैन । ७० वर्ष देखिको त्याग तपस्या पछि एउटा राजनीति स्थिरताको वातावरण बनेको छ’, प्रचण्डले अगाडि भने, ‘जनअपेक्षा अनुसार छिटो भन्दा छिटो विकासलाई, शुसासनलाई, संस्कारलाई गति दिने दाइत्व हाम्रो काँधमा छ ।’

नेकपाले शुक्रवार काठमाडौंमा गरेको दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरू र पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा आयोजित श्रदाञ्जली सभामा अध्यक्ष प्रचण्डले  इतिहासमा सबैले गरेको योगदानलाई कदर गर्ने गरी जनअपेक्षाअनुसार छिटो छिटो आर्थिक विकास र सुशासन दिन सक्नुपर्ने बताए । त्यसका लागि अहिले उपयुक्त वातावरण रहेको उनको भनाइ थियो ।

आर्थिक विकास र समृतिका लागि प्रकृतिक साधन स्रोत, मानवीय शक्ति, ज्ञान विज्ञान र साधनाको दृष्टि सम्पन्न भएपनि पछिल्लो समयमा नेपाल परनिर्भर हुँदै गएकोले पनि त्यसलाई रोक्न सबैले नयाँ संकल्प गरेर आर्थिक विकास र सुशासनमा केन्द्रित हुनुपर्ने उनले बताए ।

‘नेपाल साह्रै सुन्दर देश छ । यो प्रकृतिक साधन स्रोतले नि सम्पन्न छ । मानवीय शक्ति, ज्ञान विज्ञान र साधनाको दृष्टिले पनि जन्म लिएकै थलो हो’, प्रचण्डले भने , ‘तर, केही समय यता हामी पछि पर्दै, परनिर्भर हुँदै गएका छौं । थुप्रै नकारात्क कुराको उदाहरण देखिराखेका छौं ।’

अध्यक्ष प्रचण्डले दिवंगत नेताहरूलाई सम्झँदै शोकमा रहेको अवसरलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिए । ‘दिवंगत व्यक्तित्वहरुका र पार्टीका नेताहरुका परिवारका सदस्यहरुलाई विशेषरुपले पार्टीका तर्फबाट अनुरोध गर्न चाहन्छु । तपाईंहरुले शोकलाई शक्तिमा बदल्ने संकल्प लिनैपर्छ । आम नेपालीले तिखो आँखाले हेरिराखेका छन । महान व्यक्तित्वका परिवारले अब के गर्ला, कसरी अगाडि बढ्लान, दिवंगत भएकाहरुको सपना पुरा गर्न कस्तो योगदान गर्लान भनेर …’ उनले भने ।

‘फागुन महिना श्रदाञ्जलि सभामा विताए जस्तो हुन गयो’

अध्यक्ष प्रचण्डले फागुन महिना श्रदाञ्जलि समाभा नै विताए जस्तो हुन गएको बताए ।

‘फागुन महिना धेरै जसो श्रदाञ्जली सभामा नै बिताए जस्तो हुन गएको छ र आज बिहान मात्रै पनि फेरि एकजना जिम्मेवार नेता गणेश पण्डितलाई पनि श्रदाञ्जलि व्यक्त गर्यौं’, उनले भने, ‘सुखानी गएर पनि श्रज्ञान्जली व्यक्त गर्यौं । फागुन १ गते पनि सहिदप्रति श्रद्धान्जली व्यक्त गर्यौं ।’

पार्टीले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले क्षेतीपुर्ति गर्न दिवंगत भएकाहरुको सपना पुरा गर्न सबैले नयाँ संकल्प गर्नुपर्ने उल्लेख गरे । ‘पीडालाई/शोकलाई शक्तिमा बदलेर एउटा ताकतमा बदल्न सक्छौं । रोयर मात्रै पिडा मात्रै व्यक्त गरेर बस्न हुँदैन । बस्न सकिँदैन । नयाँ संकल्प गर्ने र दिवंगत भएकाहरुको सपना पुरा गर्ने संकल्प गर्ने हो,’ उनल भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment