Comments Add Comment

यस्तो बन्यो ‘पसिना’को फस्टलुक

चलचित्र ‘पसिना’को फस्टलुक रिलिज भएको छ । नयाँ बर्षको अवसर पारेर चलचित्रको पहिलो अनुहार सार्वजनिक गरिएको हो । मजदुरहरुको कथालाई पर्दामा उठान गरेको यो चलचित्रको फस्टलुकमा नायक गौरव पहारी, नायिका अनु शाह र कलाकार सरोज खनाललाई स्थान दिइएको छ ।

आर.बी.खत्री शरदको निर्देशनमा तयार भएको यो चलचित्र वैशाखको २७ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा, थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव बीक र राजीब समरको नृत्य, देव महर्जनको एक्सन छ ।

‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्रलाई मजदुरहरुको सिनेमा भनिएको छ । निर्देशक शरदकै कथा रहेको चलचित्रकी निर्मात्री शान्ता ढकाल हुन् । चलचित्रका कार्यकारी निर्माता संजय महत्तो हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment