Comments Add Comment

‘पोई पर्यो काले’मा पूजा र आकाश अनुवन्धित, पूजाले लिइन् २० लाख पारिश्रमिक

चलचित्र ‘तिमी सँग’का निर्देशक शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘पोई पर्यो काले’मा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा फाइनल भएका छन् ।  उनीहरुले आज एकसाथ चलचित्रमा संझौता गरेका छन् । चलचित्रको छायांकन जेठबाट सुरु हुनेछ । चलचित्रको बिषयमा बोल्दै निर्देशक राणाले भने–‘यो चलचित्र रुप भन्दा पनि मन राम्रो हुनुपर्छ भन्ने कथालाई प्रस्तुत गर्छ ।’

चलचित्र ‘पोई पर्यो काले’का लागि नायिका पूजा शर्माले महंगो पारिश्रमिक लिएकी छिन् । उनले यो चलचित्रका लागि २० लाख पारिश्रमिक लिएकी हुन् । पारिश्रमिकको बिषयमा उनले भनिन्–‘पारिश्रमिक ठूलो कुरा होइन पनि हो पनि । मुख्यकुरा, म चलचित्रका लागि शतप्रतिशत मिहिनेत दिनेछु । चलचित्रको कथा निकै मन परेपछि मैले काम गर्ने निर्णय गरेको हुँ ।’

योसँगै पूजा नेपाली चलचित्रको सबैभन्दा महंगी नायिका बनेकी छिन् । यसअघि उनले चलचित्र ‘सम्हालिन्छ कहिले मन’का लागि १५ लाख पारिश्रमिक लिएकी थिइन् । यस्तै, चलचित्रका लागि नायक आकाश श्रेष्ठले पनि महंगो पारिश्रमिक लिएका छन् । उनले चलचित्रका लागि १८ लाख पारिश्रमिक लिएका छन् । चलचित्रमा आकाश र पूजाको जोडीलाई हेर्न सकिनेछ । योसँगै आकाश र पूजाले एकसाथ तेश्रो चलचित्रमा काम गर्ने पक्का भएको छ । चलचित्रमा अर्का एक नायक र नायिका पनि हुने बताइएको छ । चलचित्रलाई कात्तिकको ८ गते लक्ष्मीपूजाको अवसर पारेर रिलिज गरिनेछ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता दिपक मनाङ्गे हुन् । चलचित्रका हेड अफ प्रोडक्शन सुरज आचार्य रहेका छन् । चलचित्रमा पुरुषोत्तम न्यौपाने र शीव गौतमको संगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment