Comments Add Comment

‘ठग्स अफ हिन्दुस्तान’ले धक्का दिएपछि आमिर खान कतातिर ?

आमिर खानले फलाम छुँदा सुन बन्छ । हुनपनि उनी जुन फिल्म वा प्रोजेक्टमा काम गर्थे, धमाका मच्याइदिन्थे । उनी जोडिएका फिल्म एकपछि अर्कोले तहल्का पिट्थे । तर, सफलताको यो ग्राफ ‘ठग्स अफ हिन्दुस्तान’मा आइपुग्दा रोकियो । यशराज फिल्म्सले यो फिल्म न ब्यानरको काण चल्यो, न बिग बजेटको कारण, न आमिर खानको कारण । फिल्म नराम्ररी चिप्लियो ।

यसपछि आमिर केही हच्किए । अहिले फेरी उनी नयाँ फिल्ममा काम गर्दैछन् । केही समयअघि आफ्नो जन्मदिन मनाइरहँदा उनले खुलासा गरेका थिए कि, उनी एक चर्चित हलिउड फिल्मको हिन्दी रिमेक बनाउँदैछन् ।

यससँगै उनले अर्को खुलासा के पनि गरे भने, कुनै दिन उनी पूर्णत अभियन कर्म त्याग्नेछन् । यसको अर्थ यो होइन कि, आमिर फिल्म क्षेत्रबाट पूर्णत सन्यास लिनेछन् । बरु, उनले भूमिका बदल्नेछन् । अर्थात फिल्म मेकिङमा लाग्नेछन् । निर्देशकको रुपमा । जब उनी निर्देशकको रुपमा काम थाल्नेछन्, अभिनयलाई पूर्णविराम लगाउनेछन् । उनले यस्तै जनाउ दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment