
News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२५ को इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्नमा आमिर खान प्रमुख अतिथि हुने भएका छन्।
- फेस्टिभलमा उनको योगदानको सम्मान गर्दै विशेष स्क्रिनिङ र कार्यक्रमहरू आयोजना गरिनेछ।
- फेस्टिभलमा फिल्म प्रदर्शन, प्यानल, मास्टरक्लास र सांस्कृतिक कार्यक्रमहरू समावेश छन्।
काठमाडौं । सन् २०२५ को इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम) मा बलिउड अभिनेता आमिर खान प्रमुख अतिथि हुने भएका छन् । १६ अगस्टदेखि २४ अगस्ट २०२५ सम्म चल्ने फेस्टिभलमा उनी प्रमुख अतिथि बन्ने भएका हुन् ।
आयोजक संस्थाका अनुसार १६औं संस्करणको महोत्सवमा उनलाई भारतीय सिनेमा क्षेत्रमा गरेको योगदानको सम्मान पनि गरिने छ । आमिरको लोकप्रिय चलचित्रहरूको विशेष स्क्रिनिङ हुने भएको छ । यसमा उनको पछिल्लो फिल्म ‘सितारे जमीन पर’ पनि रहेको बताइएको छ ।
तीन दशक लामो करियरमा आमिर खानले थ्री इडिएट्स, लगान, दंगल, पीके, सीक्रेट सुपरस्टार, तारे जमीन पर जस्ता फिल्महरू दिएका छन् । उनले खेल्ने फिल्मको विषयवस्तु, पात्र र दृष्टिकोणले भारतीय सिनेमा र समाजमा गहिरो प्रभाव पार्ने गरेका छन् ।
यसबाहेक फेस्टिभलमा फिल्म प्रदर्शन, प्यानल छलफल, मास्टरक्लास र सांस्कृतिक कार्यक्रमहरू हुने भएका छन् ।
प्रतिक्रिया 4