+
+
Shares

‘सितारे जमिन पर’ ओटीटीमा आउने : कहिले, कुन प्ल्याटफर्ममा आउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १३:५३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आमिर खान र जेनेलिया देशमुख अभिनित बलिउड फिल्म ‘सितारे जमीन पर’ अप्रिल ३, २०२६ देखि सोनी लिभमा स्ट्रिमिङका लागि उपलब्ध हुने भएको छ।
  • यो फिल्म स्पेनिस फिल्म ‘च्याम्पियन्स’ (२०१८) को आधिकारिक रिमेक हो र एक निराश बास्केटबल प्रशिक्षकको प्रेरणादायी कथामा आधारित छ।
  • ‘सितारे जमीन पर’ सन् २०२५ मा हलमा प्रदर्शन भएपछि सफल भएको थियो र आमिर खानले यसलाई निर्माता र अभिनेता दुवैको रूपमा प्रस्तुत गरेका छन्।

मुम्बई । आमिर खान र जेनेलिया देशमुख अभिनित बलिउड फिल्म ‘सितारे जमीन पर’ ओटीटी प्ल्याटफर्ममा रिलिज हुने भएको छ । खेल र हाँस्यकथा मिसिएको यो फिल्म अप्रिल ३, २०२६ देखि सोनी लिभमा स्ट्रिमिङका लागि उपलब्ध हुने जनाइएको छ ।

आमिर खानलाई सक्षम अभिनेता मात्र होइन, राम्रो निर्माता रूपमा पनि चिनिन्छ । उनी आफू पर्दामा नदेखिँदा पनि दर्शकका लागि राम्रो कथा ल्याउने प्रयासमा सक्रिय हुन्छन् । ‘सितारे जमीन पर’ पनि त्यस्तै एक फिल्म हो, जसले हलमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । सन् २०२५ को उच्च कमाइ गर्ने हिन्दी फिल्ममध्ये यो पनि एक बनेको थियो ।

‘लापता लेडीज’को सफलतापछि केही समय विश्राम लिएका आमिर यो फिल्ममार्फत पुनः फर्किएका हुन् । जुन २०२५ मा हलमा प्रदर्शन भएपछि दर्शकले यसलाई घरमै बसेर फेरि हेर्ने इच्छा व्यक्त गर्दै आएका थिए । फिल्मले हलमा सफल प्रदर्शनपछि ओटीटीमा यात्रा सुरु गर्न लागेको हो ।

सोनी लिभ इन्डियाले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो । पोस्टमा लेखिएको छ, ‘कसैका लागि फरक, कसैका लागि सामान्य । हरेकको आफ्नै ‘नर्मल’ हुन्छ । आशा, भावना र परिवर्तनको कथा ‘सितारे जमीन पर’ अप्रिल ३ देखि सोनी लिभमा हेर्नुहोस् ।’

यो फिल्म आमिरको सन् २००७ को ‘तारे जमीन पर’को सिधा सिक्वेल भने होइन, तर त्यसको भावनात्मक निरन्तरता जस्तै मानिएको छ । आरएस प्रसन्नाले निर्देशन गरेको यस फिल्मलाई आमिर र अपर्णा पुरोहितले निर्माण गरेका हुन् ।

फिल्ममा आमिर र जेनेलियासँगै बौद्धिक रूपमा फरक क्षमता भएका बास्केटबल खेलाडीको टोली मुख्य पात्रका रूपमा देखिन्छ । कथा एक निराश बास्केटबल प्रशिक्षक वरिपरि घुम्छ, जसलाई मदिरा सेवन गरेर गाडी चलाएको कारण सजायस्वरूप यस्तो टोलीलाई प्रशिक्षण दिन लगाइन्छ ।

स्पेनिस फिल्म ‘च्याम्पियन्स’ (२०१८) को आधिकारिक रिमेकका रूपमा बनेको ‘सितारे जमीन पर’ भावना, संघर्ष र दृढताले भरिएको प्रेरणादायी कथा हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?