Comments Add Comment

आठौं राष्ट्रिय खेलकुद : क्रिकेटमा प्रदेश १ र २ विजयी

६ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष टी–२० क्रिकेटमा प्रदेश १ र २ ले जीत हात पारेका छन् ।

कोहलपुर क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा प्रदेश १ ले प्रदेश ३ लाई २० रनले पराजित गरेको हो ।

प्रदेश १ ले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको प्रदेश ३ ले १८.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८६ रन बनाउन सक्यो । प्रदेश तीनका लागि रबिन जोशीले सर्वाधिक २४ रन जोडे । उनले २३ बल खेल्दै ४ चौका प्रहार गरेका थिए ।

त्यस्तै इसान पाण्डेले ३० बलमा दुई चौका प्रहार गर्दै २० रन तथा हेमाज पौडेलले १५ रन बनाए ।

प्रदेश तीनलाई सस्तैमा समेट्न दिपेश कंडेलले ४ विकेट लिए । पुष्प थापा, फिर्दोस अन्सारी र श्रवन यादवले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश १ ले निर्धरित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन जोडेको थियो । प्रदेश १ का लागि पुष्प थापाले सर्वाधिक २४ रन बनाए । त्यस्तै सन्नी पुन र रजन मगरले समान १२–१२, श्रवन यादवले ११ रन जोडेका थिए ।

त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा प्रदेश २ ले कर्णालीलाई ९ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको प्रदेश २ ले ११.४ ओभरमा एक विकेट गुमाउँदै भेटाएको थियो । प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ३३ रन जोडे ।

यसअघि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ५७ रन बनाएको थियो । कर्णालीका लागि दिवान पुन र रबिन्द्रजंग साहीले समान ११–११ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । कर्णालीलाई सस्तैमा समेट्न प्रदेश २ का कुमार थापाले ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment