+
+

देउखुरी झरे स्वर्गद्वारीका काफल

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते ९:३९

२३ वैशाख, दाङ । जंगलमा फलेर खेर जाने काफल संकलन गरेर दाङका व्यापारीहरुले राम्रो आम्दानी गर्दै आएका छन् ।

दाङको घोराही उपमहानगरपालिका-१८ निवासी ज्ञानु सुनुवार एक सिजनमा काफल बेचेर एक लाख जति आम्दानी गरेको बताउँछिन् । देउखुरीको लमहीमा १६ वर्षदेखि काफल बेच्दै आएको बताउने ज्ञानु भन्छिन्, ‘अरु काम अघिपछि गरेपनि हुन्छ, काफलको सिजनमा बुढाबुढी नै काफल बेच्छौं, सिजनमा एक लाखभन्दा बढी आम्दानी हुन्छ ।’

चैतदेखि जेठसम्म काफलको सिजन हो । त्यसैले दाङको घोराही, तुलसीपुर, लमही, भालुबाङ लगायतका बजार क्षेत्रमा यतिबेला काफल छ्याप्छ्याप्ती पाइन्छ । व्यापारीहरुले प्युठानको स्वर्गद्वारी क्षेत्र र दाङकै उच्च पहाडी भागका जंगलबाट संकलन गरी काफल ल्याएर बेच्छन् ।

लमहीमा २० रुपैयाँको एक गिलास र ५० रुपैयाँको ३ गिलासको दरले लमहीमा काफल बिक्री हुँदै आएको छ । व्यापारी कमला गुरुङले काफलको व्यापारबाट सन्तुष्ट रहेको बताइन् । ‘जति भएपनि बिक्छ, विहान १० बजे आएर बेच्न थाल्ने हो भने दुई नबज्दै काफल सकिन्छ,’ उनले भनिन् ।

पहाडी काफल रसिलो हुने भन्दै बजारमा काफल किन्नेहरुको घुइँचो नै लाग्ने गर्दछ । लमही नगरपालिका ५ का शेरसिंह खड्काले काफल खाँदा पेट सफा हुने बताए ।

पछिल्लो समय वन विनासको कारण काफलका रुखहरु नासिँदै गएकोप्रति काफल व्यवसायीहरु चिन्ता व्यक्त गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?