+
+

कुकुरको टोकाइबाट गोरखामा ६ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ५ गते १०:४९
Photo Credit : प्रतीकात्मक तस्वीर

५ जेठ, गोरखा । कुकुरको टोकाइबाट गोरखामा ६ जना घाइते भएका छन् । जिल्लाको गण्डकी गाउँपालिका–४, फुजेलमा घरपालुवा कुकुरको टोकाइबाट घरधनीसहित ६ जना घाइते भएका हुन् ।

मान्छेलाइ टोकेर कुकुर आफैं मरेपछि गाउँले त्रास फैलिएको छ । छाउराले टोकेको भन्दै वेवास्ता गरेर बसेका स्थानीयहरु कुकुर मरेसँगै रेविजविरुद्धको भ्याक्सिन लगाउन अस्पताल धाउन थालेका छन् ।

‘सानो छाउरो हो केही हुन्न भनेर बसे, चार दिनपछि कुकुर मर्‍यो अनि सबैले कराउन थालेपछि भ्याक्सिन लगाउन गएँ,’ घिमिरेले भनिन् ।

‘गत भदौमा कुकुरले एकैपटक १३ वटा गाइवस्तुलाई टेकेको थियो, हामीले त्यो कुकुरलाई बाधेर राख्यौं, पाँच दिनपछि कुकुर मर्‍यो अनि गाईवस्तुलाई भ्याक्सिन दिएका थियौं,’ वडा कार्यालयका पशु सेवा शाखाका प्राविधिक ऋषिराम मरहट्टाले भने । त्यसयता कुकुर आतंक नभए पनि केही दिनअघि मान्छेलाई टोकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?