+
+

प्रदेश २ मा समाजवादी पार्टीका तीन पदाधिकारी चयन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १० गते १७:२२

१० जेठ, जनकपुरधाम । समाजवादी पार्टी नेपालको प्रदेश २ समितिमा तीन पदाधिकारी चयन भएका छन् ।

पार्टीको बैठकले पहिलो चरणमा उपाध्यक्षमा सर्लाहीका रामप्रित पासवान, मुख्य सचिवमा सप्तरीका शम्भु झा र कोषाध्यक्षमा सिरहाकी रेणु यादव चयन गरेको हो । मुख्य सचिवमा झालाई दोहोर्‍याइएको छ ।

उनी यसअघि पनि मुख्य सचिव नै थिए । गत वैशाख १४ गते सिरहाको लहानमा भएको तत्कालिन संघीय समाजवादी फोरम नेपाल पार्टीको प्रदेश २ अधिवेशनले अध्यक्षमा विजय यादवलाई निर्वाचित गरेको थियो । यो अधिवेशनलगत्तै यो पार्टी नयाँ शक्तिसँग एकीकरण गरेपछि पार्टीको नाम समाजवादी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?