Comments Add Comment

प्रभु बैंकको चन्द्रौटा शाखा कार्यालय उद्घाटन

१० जेठ, काठमाडौं । प्रभु बैंक लिमिटेडले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा शुक्रबारदेखि चन्द्रौटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीबाट एक समारोहका बीच बैंकको चन्द्रौटा शाखा कार्यालय उद्घाटन भएको हो।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कपिलवस्तुका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।

आजदेखि सञ्चालनमा आएको बैंकको चन्द्रौटा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन्।

यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment