Comments Add Comment

विश्वकप नजर : दाबेदार न्युजिल्यान्डको नमिठो यथार्थ

१० जेठ, काठमाडौं । ६ दिनपछि विश्वकप क्रिकेटमा खेलप्रेमीको ध्यान इंग्ल्यान्ड र वेल्समा हुने छ । जसमा सधैँ फरक तर राम्रो देखिने टिम न्यु जिल्यान्डको पनि बलियो दाबेदारी देखिँदैछ ।

सन् २०१५ को विश्वकप फाइनल । इतिहास रच्न आतुर न्युजिल्यान्ड । विपक्षमा थियो अष्ट्रेलिया । सेमिफाइनल र समूह चरणमा पाएको सफलताले जितमा न्युजिल्यान्डलाई अघि देखाउँथ्यो । तर अष्ट्रेलियासँग सात विकेटले पराजित हुँदै विश्वकप जित्ने न्युजिल्यान्डको सपना चकनाचुर बन्यो ।

यतिबेला न्यूजिल्यान्ड फेरि उपाधि जित्ने बलियो टिम बनेर इंग्ल्यान्ड जाँदैछ । क्रिकेटको जन्मभूमिमा हुन लागेको विश्वकपमा पुराना गल्ती र कमजोरी नदोहो¥याउने अठोटमा न्युजिल्यान्ड छ ।

विश्वकप क्रिकेटमा न्युजिल्यान्डको उपस्थिति सधै दमदार हुने गरेको छ । तर उपाधि जित्न भने सधै असफल । सन् १९७५ पहिलो संस्करणको विश्वकपदेखि नै सहभागिता जनाएको न्युजिल्यान्ड खेलमा सफल हुँदा हँुदै पनि उपाधि जित्नबाट किन असफल भइरहन्छ त ?

अहिलेसम्म न्युजिल्यान्ड सर्वाधिक ६ पटक सेमिफाइनलसम्म पुगेको छ । सर्वाधिक सफल अष्ट्रेलिया पाँच पटक विश्वकपको उपाधि जित्दा एक पटक पनि सेमिफाइनलबाट बाहिरिएको छैन । दक्षिण अफ्रिका र पाकिस्तान समान ४÷४ पटक सेमिफाइनलबाट बाहिरिँदा भारत तीन पटक र इंग्ल्यान्ड दुई पटक सेमिफाइनलबाट बाहिरिएको इतिहास छ ।

आत्मविश्वासी मार्टिन

मार्टिन गुप्टिलको यो तेस्रो विश्वकप हो । विश्व कीर्तिमानी मार्टिनको यो पटक विश्वकपमा कस्तो प्रदर्शन रहला ?

सन् २०१५ को विश्वकप आफ्नो देशलाई जिताउन नसकेपनि न्युजिल्यान्डलाई फाइनलसम्मको यात्रा तय गराउन उनको निकै ठूलो भूमिका रह्यो । त्यो विश्वकपमा मार्टिन सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा शीर्ष स्थानमा रहे । उनले ५४७ रन बनाए । जसमा २ शतक र एक अर्धशतक हाने ।

विश्वकपको क्वाटरफाइनलमा वेष्ट इन्डिजविरुद्ध न्युजिल्यान्डले १४३ रनको फराकिलो जित निकाल्दा मार्टिनले विश्व रेकर्ड राख्न सफल भए । उनले अविजित १६३ बलमा २४ चौका र ११ छक्का प्रहार गर्दै २३७ रन बनाएका थिए । उनले बनाएको यो रन विश्वकपको एकै खेलमा बनाएको सर्वाधिक रन हो । एकै खेलबाट सर्वाधिक धेरै रन बनाउनेमा क्रिस गेललाई पछि पार्दै उनले यो रेकर्ड बनाएका थिए । यसअघि समूह चरणको खेलमा क्रिस गेलले जिम्बाब्वेविरुद्ध २१५ रन बनाउँदै रेकर्ड कायम गरेका थिए ।

एकदिवसीय क्रिकेटमा एकै खेलमा सर्वाधिक धेरै रन बनाउने रेकर्ड भने भारतका रोहित शर्माको नाममा छ । उनले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजमा २६४ रन बनाएका थिए ।

पछिल्लो समयमा पनि मार्टिन निकै लयमै रहेका छन् । आफ्नो टिमलाई विश्वकप उपाधि दिलाएर विदा हुन चाहन्छन् ३२ वर्षीय मार्टिन ।

मार्टिन गुप्टिल मात्रै हैन एकसे एक ब्याट्सम्यान न्युजिल्यान्ड टिममा छन् । केन विलियम्सनको कप्तानीमा मैदानमा उत्रिने न्युजिल्यान्ड सन्तुलित टिम हो । न्युजिल्यान्डको अग्रपंति मार्टिनसँगै कोलिन मुनरो र हेनरी निकोलसले सम्हाल्ने छन् ।

यस्तै, मध्यक्रममा कप्तान केन, रस टेलर, टम लाथम, टम ब्लनडेल जस्ता ब्याट्सम्यानले उच्च रन बनाउन महत्वपूर्ण भूमिका खेल्ने छन् । जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम र मिचेल सान्टनर पनि अब्बल अलराउण्डर हुन् । जसले न्युजिल्यान्डको पक्षमा खेल पार्न सक्ने छन् ।

फाष्ट बलरमाथि भर ?

विश्वकपमा न्युजिल्यान्ड पूरै फाष्ट बलरमा केन्द्रित भएको छ । बलिङमै मुख्य भूमिकामा टे«न्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी फर्गुसन फाष्ट बलर हुन् । यस्तै अलराउण्डर कोलिन डे ग्रान्डहोम र जिम निसाम पनि मिडियम फाष्ट बलर हुन् ।

बलिङकै मुख्य भूमिकामा रहेका इश सोधी मात्रै न्युजिल्यान्डका स्पिनर हुन् । त्यस्तै, बलिङ अलराउण्डर मिचेल साट्नर पनि स्पिनर हुन् ।

न्युजिल्यान्डका लागि यो विश्वकपमा विशेषगरी तिब्रगतिका बलरको मुख्य भूमिका हुने निश्चित भएको छ । अनुभवि टिम साउथीलाई टे«न्ट बोल्टले ओपनिङ बलिङ जोडीको रुपमा राम्रो साथ दिनेछन् । बलिङमा मुख्य आकर्षणको विन्दु भनेकै यी दुई बलर हुन् । टिम साउथीले एकदिवसीय क्रिकेटमा १३९ खेलबाट १८५ विकेट लिएका छन् । त्यस्तै, टे«न्ट बोल्टले ७९ खेलबाट १४७ विकेट लिएका छन् ।

विश्वकप खेल्ने न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुन्रो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, टे«न्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी फर्गुसन र इश सोधी ।

कहिले छ खेल ?

जुन १ – भर्सेस श्रीलंका

जुन ५ – भर्सेस बंगलादेश

जुन ८ – भर्सेस अफगानिस्तान

जुन १३ – भर्सेस भारत

जुन १९ – भर्सेस दक्षिण अफ्रिका

जुन २२ – भर्सेस वेस्ट इन्डिज

जुन २६ – भर्सेस पाकिस्तान

जुन २९ – भर्सेस अस्टे«लिया

जुलाई ३ – भर्सेस इंग्ल्याण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment