Comments Add Comment

राष्ट्रपतिले पहिलो पटक फिर्ता गरिन् विधेयक

८ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी छन् ।

राष्ट्रपतिले विधेयकलाई पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएको यो पहिलो हो । यसअघि संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा तत्कालीन राजा वीरेन्द्र शाहले नागरिकता विधेयक फिर्ता पठाएका थिए ।

संविधानको धारा ११३ (२) बमोजिम विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा ११३ (२)मा विधेयक पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा पेश भएकोे १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने प्रावधान छ । राष्ट्रपतिले फिर्ता गरेको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने हुन्छ ।

दुवै सदनले पारित गरी पुनः राष्ट्रपतिसमक्ष विधेयक पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । दोस्रोपटक पठाइएको विधेयकमा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।

राहदानी विधेयक प्रतिनिधिसभाले १० असोज पारित गरेको थियो भने भोलिपल्टै राष्ट्रिय सभामा टेबल भयो । तर, राष्ट्रिय सभाको प्रक्रियामै रहेको विधेयक दुई महिनाभित्र फिर्ता नआएको भन्दै सभामुख कृष्णबहादुर महराले वैशाख २५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment