+
+
Shares

ग्लोबल आईएमई बैंक र सूर्य लाइफ इन्सुरेन्स कम्पनीबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते २०:४१

९ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र सूर्य लाइफ इन्सुरेन्स कम्पनी लि. बीच बैंन्कासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्य लाइफ इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?