Comments Add Comment

भारतमा नरेन्द्र मोदीको ऐतिहासिक जित

९ जेठ, काठमाडौं । लोकसभा चुनावमा नरेन्द्र मोदी गठबन्धनले ऐतिहासिक सफलता पाएको छ । यससँगै भारतमा फेरि ५ वर्ष मोदी शासन पक्का भएको छ ।

जारी मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३४८ सिटमा जित देखाएको छ । चुनावमा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक सफलता पाएको छ भने उत्तर प्रदेशमा महागबन्धनले धेरै क्षति पुर्‍याउन सकेन ।

नितिशकुमारको साथ पाएपछि भाजपाले विहारमा पनि आफ्नो बलियो उपस्थिति कायमै राख्यो । मोदीको गृह प्रदेश गुजरातमा भारतले क्लिन स्वीप गर्‍यो ।

भाजपाले मध्यप्रदेशमा २९ मध्ये २८ र राजस्थानमा २५ मध्ये २४ सिटमा जिन्मुख छ ।

तमिलनाडूमा भने यो पटक मोदीको जादू चलेन । त्यहाँ उसले एक सिट पनि नजित्ने देखिएको छ । केरालामा पनि भाजपाले एक सिट पनि जित्न सकेन ।

लोकसभा चुनावमा पाएको ऐतिहासिक सफलतासँगै भाजपा कार्यकर्ताले देशभर खुसी मनाएका छन् ।

दिल्लीस्थित मुख्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहले सम्बोधन गरे । मोदीले यो आफ्नो नभई लोकतन्त्रको जित भएको बताए । साथै दोस्रो पटक जितेपछि अम्रता नगुमाउने बताए ।

राहुलले स्वीकारे हार

कांग्रेसले २०१४ को तुलानामा केही सिट बढी जितेको छ । तर, मोदीको विजय रथ रोक्न अध्यक्ष राहुल गान्धी पूर्ण रुपमा असफल भएका छन् । उनले हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै राहुलले चुनावी हारको जिम्मेवारी आफूले लिने बताएका छन् ।

तर, विचारधाराको लडाई जारी रहेको भन्दै विचलित नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरे ।

राहुल आफैं अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग पराजित भएका छन् । यद्यपि अर्को क्षेत्रबाट चुनाव जितेका उनी लोकसभामा हुनेछन् । उनले अमेठीका जनताको निर्णयलाई सम्मान गर्ने बताए ।

कांग्रेस ५१ सिटमा जित उन्मुख छ । २०१४ को चुनावमा उसले ४ सिट जितेको थियो । यो पटक साना ठूला गरी १७ राज्यमा कांग्रेस शुन्य रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment