+
+

फेसबुकबाट कोठा भाडामा मिलाइदिन्छु भनेर ठगी गरेको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १४ गते १३:४०

१३ जेठ, काठमाडौं । फेसबुकमार्फत कोठा भाडामा मिलाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं नामक पेज चलाउने जुम्लाका २६ वर्षीय रामचन्द्र भट्टराई छन् ।

महागनरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले फेसबुकमा उपत्यकाको विभिन्न ठाउँमा कोठा खाली छ भनेर प्रचार गरेका थिए । ‘उनले सम्पर्क नम्बर पनि राखेर फोन गर्ने ग्राहकलाई कोठा हेर्नुअघि सेवा शुल्क भनेर पन्ध्र सयदेखि ४ हजार रुपैयाँसम्म अनलाइनमार्फत पेमेन्ट लिने गरेका थिए’, थापाले भने ।

रकम जम्मा भएलगत्तै उनी सम्पर्कविहीन हुने गरेको प्रहरीमा उजुरी परेको छ । भट्टराई अहिलेसम्म २ सय ५० बढी व्यक्तिलाई ठगी गरिसकेको भेटिएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?