Comments Add Comment

अष्ट्रेलिया वेष्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै, लक्ष्य कति ?

२३ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलियाले वेष्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गरेको छ ।

ट्रेन्ट बि्रजमा अष्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ थालेको हो । आजको खेलमा दुबै टिम जितको खोजिमा हुनेछन् । विश्वकपकै आज सबैभन्दा ठूलो स्कोर बन्ने अनुमान गरिएको छ ।

पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको अष्ट्रेलिया दोस्रो खेलमा पनि वेष्ट इन्डिजलाई पराजित गर्दै अगाडिको यात्रा सहज बनाउन चाहन्छ । विश्वकपको उपाधि दाबेदार टिमको रुपमा हेरिएको अष्ट्रेलिया पछिल्लो समयमा निकै बलियो अवस्थामा छ । यता, वेष्ट इन्डिज पनि विश्वकपको उपाधि हकदार टिम हो ।

अष्ट्रेलिया टिम 

आरोन फिन्च -कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, नाथन काउल्टर नाइल, उस्मान खावजा, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, ओशेन थोम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment