+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

टाटा ट्रस्ट र सिप्रदी सिन्धुपाल्चोकमा विद्यालय पुनर्निर्माण गर्दै, कुपकन्या माबि हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते ११:२३

३१ जेठ, काठमाडौं । टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रा लिले सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकमा एक विद्यालयको पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ।

सिप्रदी ट्रेडिङको सामाजिक उत्तरदायित्व विङ-सिप्रदीयन सहायता संस्थाको सहयोगमा पुनर्निर्माण गरिएको सिन्धुपालचोक जिल्लास्थित कुपकन्या माध्यमिक विद्यालय हस्तान्तरण गरिएको हो।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनर्निमार्ण गरिएको उक्त विद्यालयको समुद्घाटन गरे।

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले उनले नेपालको आर्थिक अभियानमा भारतको सदा सहयोग र तत्परता रहेकोमा खुशी ब्यक्त गरे।

‘नेपाल भूकम्प पुनर्स्थापना परियोजना’को एक हिस्सास्वरूप टाटा ट्रस्टले सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिरहेको छ।

भूकम्पप्रतिरोधी आधुनिक संरचना र अपांगमैत्री सुविधा भएको सो विद्यालयको पुनर्निर्माण गरी हस्तान्तरण भएको हो। सिन्धुपालचोकमा पुनर्निमार्ण गरिएका अन्य ६ वटा विद्यालयमध्ये कुपकन्या माध्यमिक विद्यालय सबैभन्दा ठूलो हो।

विनाशकारी भूकम्पबाट ती विद्यालयहरूको कक्षाकोठा, विज्ञान प्रयोगशाला र अन्य संरचनामा ठूलो क्षति पुगेको थियो।

हस्तान्तरण समारोहमा सर दोराब्जी टाटा ट्रस्टका ट्रस्टी भि.आर मेहता, सिप्रदीयन सहायता संस्थाका अध्यक्ष सिद्धार्थ शमशेर जबरा, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, प्रदेश नं ३ का वनमन्त्री अग्निप्रसाद सापकोटा तथा संघीय सांसद अरुण नेपालको उपस्थिति थियो।

सर दोराब्जी टाटा ट्रस्टका ट्रस्टी भि.आर मेहताले भने-“ भुकम्पले निम्त्याएको विपद्का कारण भारतबाहिर केही गर्न तथा पुनर्निर्माण कार्यमा जुट्ने र प्रभावितहरूलाई सहयोग प्रदान गर्ने अवसर टाटा ट्रस्टलाई मिल्यो। हामीलाई विश्वास छ भविष्यमा यस स्थानबाट देशका होनहारहरुको उदय हुनेछ।”

सिन्धुपालचोकका जिल्ला शिक्षा अधिकारीले भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि कक्षाहरू संचालन गर्नमा कठिनाइ भएको र कक्षाहरू खुला चौरमा संचालन गर्नुपरेको अवस्थाबारे जानकारी दिए।

पुनर्निमार्ण गरिएको विद्यालयमा १४ वटा कक्षाकोठाका साथै पुस्तकालय, कम्युटर ल्याब र कर्मचारी कार्यालयहरू छन्। १८ महिनामा निर्माण सम्पन्न गरिएको सो विद्यालय भवन सुविधासम्पन्न, भूकम्पप्रतिरोधी र अपांगमैत्री रहेको छ।

विद्यालय स्थानमा मोटरबाटोको सुविधा नभएपनि टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाले सुविधासम्पन्न विद्यालय निर्माण गर्ने जिम्मेवारी लिए।

यस विद्यालयमा लैंगिक मैत्री तथा अपांगमैत्री शौचालयहरू, फर्निचर तथा अन्य उपकरणहरू छन् तथा विद्यार्थीहरू र शिक्षाकाहरूका शिक्षा, खानेपानी तथासरसफाई तथा बिभिन्न सचेतनामूलक गतिविधिहरू संचालन गरिन्छ।

टाटा ट्रस्ट्सले सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनर्स्थापना परियोजना’को शुरूवात गरेको हो।

सो परियोजनाअन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली परकम्पको केन्द्रविन्दु सिन्धुपालचोकमा सातवटा विद्यालयहरू तथा एउटा स्वास्थ्यचौकीको पुनर्निमार्ण गर्ने पहल चालिएको थियो।

हाल शारदा उच्च माध्यमिक विद्यालय, जाल्पादेवी माध्यमिक विद्यालय, मार्मिङ आधारभूत विद्यालय, तपीनारायण आधारभूत विद्यालय, कोदारी माध्यमिक विद्यालय, जनज्योति आधारभूत विद्यालय तथा पुल्पिङकट्टी स्वास्थ्यचौकीको पुनर्निमार्ण भैरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?