Comments Add Comment

को बन्छ चुलबुल पान्डेको बुवा ?

‘दबंग’ र ‘दबंग-२’मा चुलबुल पान्डेका पिता बनेका थिए, विनोद खन्ना । उनी आफ्नै पिता होइन, सौतेनी पिता हुन्छन् । सुरुवाती दिनहरुमा पिता अर्थात प्रजापति पाण्डे र पुत्रको ग्रह मिल्दैन । सौतेनी पुत्र हुनुको नाताले पनि चुलबुल पाण्डेमाथि पिताको उस्तो लगाव छैन ।

जस्तालाई तस्तै भनेझै चुलबुल पान्डे (सलमान खान)ले पनि पितालाई आफ्नो ठान्दैनन् । पिताप्रति उनको सम्बन्ध तित्ततापूर्ण रहन्छ । तर, क्लाइमेक्ससम्म आइपुग्दा सौतेनी पुत्र र पिताबीच बेग्लै किसिमको सम्बन्ध स्थापित हुन्छ । दबंगको पहिलो भागले यही पुगेर बिट मार्छ ।

‘दबंग’ पछि त्यसकै सिक्वेल बन्यो, ‘दबंग-२’ । यस शृंखलामा आइपुग्दा पिता र पुत्रबीच मित्रवत् सम्बन्ध रहेको देखाइन्छ ।

‘दबंग-२’पछि अहिले त्यसकै तेस्रो भाग बन्दैछ । अर्थात ‘दबंग-३’ । तर, यतिबेला चुलबुल पाण्डेका पिता बनेका विनोद खन्ना छैनन् । क्यान्सरका कारण उनको निधन भइसकेको छ । अब ‘दबंग-३’ मा सलमान खानका पिता हुन्नन् ? वा विनोद खन्नाको ठाउँमा अरु कसैलाई लिइनेछ त ?

फिल्ममा अधिकांश कलाकार अघिल्ला दुई श्रृंखलाकै रहने छन् । सलमानबाहेक यो फिल्ममा सोनाक्षी सिन्हा, अरबाज खान आदिले अभिनय गर्ने निशिचत छ । यसैबीच, फिल्मका निर्माताहरुले चुलबुल पाण्डेका सौतेनी बुवा प्रजापति पाण्डेको भूमिका निर्वाह गर्ने विनोद खन्नाको स्थानमा उनका भाइ प्रमोद खन्नालाई अभिनय गराउने छन् ।

प्रजापति पाण्डेको भूमिका निर्वाह गर्ने विनोद खन्नाको २७ अपि्रल २०१७ मा निधन भएको थियो । उनको निधनपछि फिल्मका निर्माताहरुले उक्त महत्वपूर्ण चरित्र निर्वाह गर्नका लागि प्रमोद खन्नाको नाम फाइनल गरेका हुन् । सलमान खानले बिहिबार आफ्नो ट्वीटर हेण्डलमा एउटा भिडियो शेयर गरेका छन् । उक्त भिडियामा उनले प्रमोद खन्नालाई विभिन्न व्यक्तिसंग भेट गराएका छन् । उक्त भिडियोमा सलमान र प्रमोदसंगै सोनाक्ष्ँी सिन्हा तथा प्रभु देवा पनि देखिएका छन् ।

यो फिल्म यही वर्षको क्रिसमसको पूर्व सन्ध्या अर्थात २० डिसेम्बरका दिन प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment