+
+
Shares

अर्जुनको हात समात्दै मलाइकाले गरिन् प्रेम स्विकार

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते ११:५१

आइटम गर्ल मलाइका अरोरा खान र नायक अर्जुन कपुरविच प्रेम सम्बन्ध रहेको चर्चा चलेको लामो समय भैसकेको छ । यी दुई कलाकारले अहिलेसम्म औपचारिक रुपमा प्रेम भने स्विकार गरेका छैनन् । मलाइका र अर्जुन सार्वजनिक कार्यक्रममा देखिन्छन् । तर, उनीहरुले प्रेमी–प्रेमिकाको रुपमा आफूलाई स्विकार गरेका भने थिएनन् ।

तर, नायिका मलाइका अरोरा खानले नायक अर्जुन कपुरको जन्मदिनमा प्रेम स्विकार गरेकी छिन् । उनले अर्जुनलाई जन्मदिनको शुभकामना दिदै प्रेम स्विकार गरेकी हुन् । मलाइका र अर्जुन जन्मदिन मनाउनका लागि यतिबेला विदेशमा छन् । गतबर्ष मिडियाबाट लुकेर माल्दिभ्स पुगेका उनीहरु यसपटक न्यूयोर्कमा छन् ।

मलाइकाले लेखेकी छिन्–‘जन्मदिनको शुभकामना क्रेजी, फन्नी र विशेष अर्जुन कपुर । माया र खुशी सधै तिमीसँग’ । मलाइकाको यो ट्विटले पनि पुष्टी गर्छ कि उनीहरु गहिरो प्रेममा छन् । नायक अरवाज खानसँग डिभोर्स भएपछि मलाइका अर्जुनसँग रमाइरहेकी छिन् । अर्जुनसँगको प्रेमका कारण नै मलाइकाले अरवाजलाई डिभोर्स दिएको भारतीय मिडियाले उल्लेख गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?