Comments Add Comment

दीगो विकास लक्ष्यको लेखा परीक्षण गरिने

१५ असार, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले अब दीगो विकास लक्ष्यका १७ सूचकांकको लेखा परीक्षण गर्ने भएको छ ।

महालेखा परीक्षक टंकमणि शर्माले उक्त जानकारी गराएका हुन् । महालेखा परीक्षकको कार्यालयको ६० औं वाषिर्कोत्सवको अवसर पारी आइतबार राजधानीमा आयोजित कार्यक्रममा शर्माले उक्त जानकारी दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले कुनै पनि कार्यक्रमको केवल औपचारिकताका लागि मात्र नभइ, प्रभावकारिताका लागि पनि लेखा परीक्षण महत्वपूर्ण रहेको बताए ।

कार्यक्रमको औचित्यता, मितव्ययीता, प्रभावकारिता अध्ययन गरेर मात्र लेखा परिक्षण सफल हुने उनले जानकारी दिए ।

कार्यक्रममा महालेखा परीक्षक शर्माले महालेखाको प्रतिवेदनका सम्बन्धमा कतिपय निकाय र त्यसका प्रमुखले चित्त दुखाएको सन्दर्भ उल्लेख गर्दै कागज मिलाएर आए बेरुजु नै नउठ्ने स्पष्ट पारे ।

प्रतिवेदन कसैको प्रभावमा परेर नआएको भन्दै आफ्नो संस्थाको आर्थिक अनुशासन कायम गर्न आफै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

समितिमा छलफलको वातावरण बनाउँछु  : सभामुख

सभामुख कृष्णबहादुर महराले महालेखा परीक्षकको प्रतिवेदनमा उठेका विषयमा संसदीय समितिमा ढिला छलफल हुँदा प्रतिवेदनको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको बताएका छन् ।

समितिमा ढिला छलफल हुँदा प्रतिवेदनको प्रभावकारिता बढ्ने भन्दै उनले तत्काल छलफलको वातावरण बनाउने बताएका हुन् ।

महालेखा परीक्षकको कार्यालयको ६० औं वाषिर्कोत्सवको अवसर पारी महराले तीनै तहका सरकारका लेखा परीक्षण गरी महालेखा परीक्षकको कार्यालयले आफूलाई अग्रणी संवैधानिक अंगका रुपमा स्थापित गरेको बताए ।

वित्तीय अनुशासन कायम गर्न आवश्यक पर्ने ऐन काूनन, नीति र संरचना बनाउने काममा कार्यालयलाई संसदको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर कंडेलले जुन प्रयोजनका लागि संस्था गठन भएको भन्दै त्यसमा विचलित नहुन सुझाव दिए ।

बजेट विनियोजन र खर्चमा समस्या रहेको भन्दै यो समस्या समाधान गर्न अन्तर निकाय समन्वय आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment