+
+
Shares

नवाजुद्दिनको फिल्म मौनीले छाड्दा तमन्नालाई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १३ गते १३:४५

बलिउडका भर्सटायल कलाकार नवाजुद्दिन सिद्धिकी अहिले ‘बोले चुडिया’ नामक चलचित्र निर्माणमा लागिरहेका छन् । हिट गीतबाट सापटी लिइएको यो नाममा राम्रै पैसा छाप्ने आशा उनको छ । यो चलचित्रलाई उनका भाइ समास सिद्धिकीे निर्देशन गर्दैछन् ।

यो चलचित्रका लागि सुरुवातमा नायिका तथा टेलिभिजन स्टार मौनी रोयलाई अफर गरिएको थियो । तर, मौनीले चलचित्रमा काम गर्ने पक्का भएर पनि अन्तिम समयमा हात झिकिन् । मौनी नाटकिय रुपमा बाहिरिएको निर्माण टिमले आरोप लगाउँदै आएको छ । तर, अब मौनी बाहिरिएपछि चलचित्रमा साउथकी सुपरस्टार तमन्ना भाटियाले काम गर्ने फाइनल भएको छ ।

‘बाहुबली’ जस्तो हिट चलचित्र दिएकी तमन्नाले केही बलिउड चलचित्रमा पनि काम गरिसकेकी छिन् । मौनीले छाडेपछि चलचित्रको छायांकन पछि धकेलिएको थियो । तर, अब तमन्ना जोडिएसँगै चलचित्रको सम्पूर्ण काम अगाडि बढ्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?