+

नेपाली यू–१९ क्रिकेट टिम मलेसिया प्रस्थान

२०७६ असार  १५ गते १४:४४ २०७६ असार १५ गते १४:४४
नेपाली यू–१९ क्रिकेट टिम मलेसिया प्रस्थान

१५ असार, काठमाडौं । एसीसी यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टिम मलेसिया प्रस्थान गरेको छ ।

जुलाई २ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाली टिम आइतबार त्यसतर्फ गएको हो ।

नेपाल रहेको समूह ए मा चीन, सिंगापुर र म्यानमार रहेका छन् । त्यस्तै, समूह बी मा आयोजक मलेसियासँगै हङकङ, थाइल्यान्ड र भुटान छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले जुलाई २ तारिखमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा नेपालले जुलाई ५ मा सिंगापुर र ६ तारेखमा चीनसँग खेल्नेछ । नेपाल आफ्नो समूहमा बलियो प्रतिस्पर्धी मानिन्छ ।

दुई समूहका समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेता श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटको लागि छनोट हुनेछ ।
नेपाली यू–१९ क्रिकेट टिमका प्रशिक्षक विनोद दास नेपाल छनोट हुनेमा विश्वस्त छन् । उनले भने,‘ हाम्रो लक्ष्य भनेकै एसिया कपमा छनोट हुने हो ।’

कप्तान रोहितकुमार पौडेल पनि तयारी राम्रो रहेकाले नतिजा राम्रै आउने बताए । रोहितले भने, ‘हामी नियमित क्रिकेट खेलिरहेका छौं । विश्वकप छनोट अघिदेखि नै टी–२० र ५० ओभरको खेल खेल्दै आइरहेका छौं । टिम सन्तुलन छ । हामी शतप्रतिशत जित हात पार्न चाहन्छौं ।’

नेपाली टिमः

रोहितकुमार पौडेल (कप्तान), पवन सर्राफ, भीम सार्की, कमलसिंह ऐरी, रित गौतम, हरिबहादुर चौहान, विशालविक्रम केसी, प्रतिस जिसी, राशिद खान, तिलकराज भण्डारी, लोकशबहादुर बम, सागर ढकाल, कुशल मल्ल र खडकबहादुर बोहरा ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय