+
+
Shares

‘दोस्ताना २’मा कात्तिक र जान्वी

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते ११:४५

‘दोस्ताना’ चलचित्रको सिक्वेल बनाउने तयारीमा निर्माता करण जोहर लागेका छन् । योसँगै यो चलचित्रका कलाकारको बिषयमा पनि विभिन्न खालका चर्चा चलेका थिए । तर, अब भने चलचित्रका लागि २ कलाकार फाइनल गरिएको छ ।

निर्माता जोहर आफैले कलाकार फाइनल गरिएको जानकारी दिए । धर्मा प्रोडक्शनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा नायक कात्तिक आर्यन र नायिका जान्वी कपुरले काम गर्ने पक्का भएको छ । कात्तिक र जान्वीले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् । अहिले नायक कात्तिक नायिका साराअली खानसँग चलचित्र ‘लभ आजकल २’मा काम गरिरहेका छन् ।

नायक जोन अव्राहिम, अभिषेक बच्चन र नायिका प्रियंका चोपडाले काम गरेको ‘दोस्ताना’ हिट भएको थियो । यो चलचित्रको सिक्वेलमा भने ‘दोस्ताना’का कुनै पनि कलाकार रहने छैनन् । चलचित्रका लागि अर्का एक पुरुष कलाकार नयाँ लिने करणको तयारी छ । नयाँ नायकको घोषणा चाडै नै गर्ने करणले ट्विट गरेर जानकारी दिएका छन् ।

चलचित्र ‘धडक’को औषत व्यापारपछि नायिका जान्वीको करिअर उचाइमा पुग्न सकेन । यसैले पनि करणले अहिले जान्वीको करिअर सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?