Comments Add Comment

कृषकले प्राप्त गर्ने अण्डाको प्रति क्रेट मूल्य ५५ रुपैयाँले बढ्यो 

१५ असार, काठमाडौं । बजारमा मौज्दात घटेको भन्दै व्यवसायीले कृषकले प्राप्त गर्ने अण्डाको मूल्य बढाएका छन् । नेपाल अण्डा उत्पादक संघले शनिबारबाट लागू हुने गरि किसानले प्राप्त गर्ने ठूलो र मध्यम अण्डाको प्रति क्रेट मूल्यमा ५५ रुपैयाँले बृद्धि गरेको हो ।

यस अघि मध्यम अण्डाबाट कृषकले प्रति क्रेट ११५ र ठूलो अण्डाबाट २०० रुपैयाँ पाउँदै आएका थिए । उत्पादन बढेसँगै लागतको तुलनामा कृषकले अण्डाको मोल नपाएको भन्दै कृषकले पाउने मूल्य बढाउनु परेको अण्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कंडेलले जानकारी दिए ।

कडेंलका अनुसार प्रति अण्डा लागत १० रुपैयाँ पर्दा पनि किसानले घाटा खाएर प्रतिगोटा ७ रुपैयाँमा यस अघि अण्डा बिक्रि गर्दै आएका थिए । बढेको नयाँ मूल्यसंगै कृषकले प्रति अण्डा साढे ८ रुपैयाँ मूल्य पाउने छन् । कृषकले पाउने मूल्य बढेसंगै बजारमा उपभोक्ता मूल्य बढ्ने संघले जनाएको छ ।

नेपालमा दैनिक २५ लाख अण्डा उत्पादन हने गरेको  अण्डा उत्पादक सघंले जनाएको संघका अनुसार देशभर करीब १६ सय अण्डा उत्पादन र्फमहरु सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment