Comments Add Comment

भूकम्पपीडितसँग रकम असुल्ने पुनर्निर्माणका प्राविधिक कारबाहीमा

१५ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिदा गैरकानूनी काममा संलग्न रहेको भन्दै १९ प्राविधिकलाई कारवाही गरेको छ ।

प्राधिकरण मातहत रहेर भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका प्राविधिकलाई विभिन्न गैरकानूनी कार्यमा संलग्न रहेको भेटिएपछि कारबाही गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।

भूकम्प पीडितबाट गैरकानूनी रुपमा रकम असुल गरेको, भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर कीर्ते गरी हाजिर सिफारिस गरेको जस्ता उजरी आएपछि उनीहरुमाथि कारवाही गरिएको हो ।

यसबाहेक केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशन पालना नगरेका कारण उनीहरुलाई कारबाही गरिएको हो ।
प्राधिकरणका अनुसार ती प्राविधिकको करार संझौता भंग गरिएको छ भने नियमअनुसार कारवाही गरिएको छ ।

कारवाही पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिष्टेण्ट सब–इन्जिनियर छन् । नुवाकोटमा कार्यरत ८ जना, काभ्रेपलाञ्चोकमा कार्यरत ३, सिन्धुपाल्चोकमा कार्यरत २, दोलखामा कार्यरत २, धादिङमा कार्यरत २ र भोजपुर तथा सोलुखुम्बुमा कार्यरत १–१ जना प्राविधिक कारवाहीमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment