
२० असार, सप्तरी । खुकुरीले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीमा एक युवकलाई पक्राउ गरेको छ ।
६० वर्षीया धनमायाँ पुलामी मगरको हत्याको अभियोगमा सुरुङ्गा नगरपालिका-१ चहका बस्ने ३० वर्षीय रिट्ठे भन्ने जंगबहादुर पुलामी मगरलाई बिहीबार दिउँसो पक्रेको प्रहरीले जनाएको छ ।
रिठ्ठेले खुकुरी प्रहार गर्दा आमा धनमायाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ । उनलाई ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4