Comments Add Comment

विप्लव समूहको सोलुखुम्बु सेक्रेटरी पक्राउ

२६ असार, चितवन । विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का बिहीबार चितवनमा पक्राउ परेकी छन् ।

उनलाई भरतपुर महानगरपालिका २६ बाट पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार खड्का केही दिनदेखि चितवनमा थिइन् ।

सोलुखुम्वुको नेचा सल्यान गाउँपालिका २ खाल्पा माइती भएकी खड्का २०७१ मंसिर ८ गतेबाट विप्लव समूहमा संगठित भएको प्रहरीले जनाएको छ ।

उनले विप्लव नेकपाको महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक भएर काम गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment