Comments Add Comment

लेकदेखि बेंसीसम्मको स्वादः कटिया खाने कि च्याङ्ग्राको सुकुटी ?

भूगोल अनुसार हाम्रो खान्की भिन्न छन् । त्यसको शैली र स्वादमा विविधता छ । हिमाली भेगको आफ्नै विशिष्ठ स्वाद छ, तराईको आफ्नै ।

मुस्ताङको थकाली खाना, मधेसको भक्का । किरातको वाचिपा, थारुको ढिक्री । अर्थात भूगोल अनुसार भिन्न खान्की । समुदाय अनुसार भिन्नै खान्नी । अनेकथरी स्वाद छन् देशभरमा ।

यी सबैको स्वाद कहाँ लिने ?

संभवत एउटै छानोमुनी थरीथरीका यी स्वाद चाख्न संभव छैन । सात समुन्द्रपारका अनेकथरी खान्की पाउन सकिएला, तर हाम्रै भूगोल र समुदायको खान्की एकमुष्ठ उपलब्ध छैन । पिज्जा, बर्गर, चप्सी, मःम, चाउमिन, चाट, डोसा जहाँपनि पाइन्छ । यि आयतित खान्कीले हाम्रो रैथाने स्वाद भने मेटाउन सक्दैन ।

किनभने हाम्रा गाउँ-शहरका खान्कीको आफ्नै विशिष्ठ स्वाद छन् । ति खान्कीले स्थानिय उत्पादन र रहनसहनको समेत प्रतिनिधित्व गर्छ । जस्तो कि, थकाली खाना । यसले उच्च हिमाली क्षेत्रमा बस्ने थकाली समुदायको रहनसहन पनि दर्शाउँछ । फापरको ढिंडो, च्याङ्ग्राको सुकुटी, जिम्बुमा झानेको कालोदाल, मोही, गुन्द्रुकको अचार थकाली खानामा समेटिने परिकार हुन् ।

अब सोच्नुहोस् त, हिमाली भेगमा खाइने च्याङ्ग्राको सुकुटीदेखि मधेशमा खाइने खसीको कटियाको स्वाद एकै थालीमा लिन पाए ?

यदि त्यसो हो भने तपाईं सिनामंगल गैह्रीगाउँ पुग्नुपर्नेछ । त्यही छ, लेकाली किचेन एन्ड कटिया हाउस । त्यही छ, च्याङग्राको सुकुटीदेखि कतियासम्म ।

लेकदेखि बेंसीसम्मको स्वाद

लेकाली किचेनमा उच्च हिमाली भेगमा पाइने केही स्वाद छन् । जस्तो कि, थकाली खाना । फापर, मकै, कोदोको ढिंडोसँग खानुहुन्छ कि, मार्सी चामलसँग ? रोजाई तपाईंको ।

तपाईंलाई लाग्न सक्छ, थकाली खाना त शहरका हरेक गल्लीमा छन् । तर, असली स्वाद कहाँ छ ?

यसैगरी च्याङ्ग्राको सुकुटी । धेरैको स्वाद फेर्ने परिकार हो यो पनि । तिख्खर स्वादको सुकुटीले जिब्रोलाई लोभ्याउँछ । जिम्बुले झानेको लेकाली आलु पनि तपाईंलाई नौलो लाग्नसक्छ । यि त भए लेकाली परिकार ।

अब तपाईं मधेसका रैथाने खान्की पनि चाख्न सक्नुहुनेछ । माटोको मझौला भाँडोमा पकाइएको कटिया त्यही खान्की हो, जो तपाईंले मधेसकै स्वादमा पाउनुहुनेछ । खसीको मासुलाई मरमसला मोलेर, पर्याप्त प्याज मिसाएर बनाइएने परिकार हो यो । यसलाई आगोमा पकाइन्छ । माटोको भाँडोमै पाकेर तपाईंको टेबुलमा आइपुग्छ । अब यसलाई तपाईंले तात्तातो खान सक्नुहुनेछ ।

लेकाली किचनको मेनुमा छ, चितवनको तास पनि । नास्ताको रुपमा तपाईंले तास खान सक्नुहुनेछ । यो पनि रैथाने स्वादमै उपलब्ध हुनेछ ।

परिकार अनुसार भान्से

लेकाली किचेनको विशेषता के भने, यहाँ विशेष परिकारका भिन्न भिन्नै भान्से छन् । एकै भान्सेले सबै किसिमको परिकार बनाउँदैनन् । चितवनको तास बनाउने भिन्नै भान्से, कटिया बनाउने भिन्नै । रेष्टुरेन्टका सञ्चालक मधुसुदन ढकाल भन्छन्, ‘उनीहरु आ-आफ्नै परिकार बनाउन पोख्त हुन् । त्यही भएर हाम्रो खानामा रैथाने स्वाद नै पाउन सकिन्छ ।’ ढकालसहित अन्य तीन जनाले लेकाली किचेन सञ्चालनमा ल्याएका हुन् ।

लेकाली किचेन सुविधायुक्त छ । पारिवारिक जमघटका लागि पनि यो उपयुक्त जक्सन हुनसक्छ । साथीभाई बसेर मिठोमसिनो खान सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment