+
+
WC Series
Oman
0/0
VS
Nepal
61/1 (7.3)
Shares

अर्घाखाँचीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते २१:१५

२९ असोज, गुल्मी । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर–१, सौरेखोला स्थित सडकखण्डमा बुधबार साँझ दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

खर्ज्याङबाट दुर्गाफाँटतर्फ गइरहेको लु ३३ प ६५४४ नम्बरको होण्डा साइन मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ५८ प ७९७८ नम्बरको यामाहाको १५० सीसी मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी होण्डा साइन चालक पाणेनी अर्घाखाँची जिल्ला गाउँपालिका–५, मैदान निवासी २१ वर्षका तारा बेलबासे, र यामाहा मोटरसाइकल चालक छत्रकोट गाउँपालिका–६, मोहोरे, गुल्मी निवासी ३५ वर्षका सुमन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटनापछि दुवै घाइतेलाई तत्कालै नजिकैको पब्लिक लुम्बिनी अस्पताल, खर्ज्याङ लगिएको थियो । तर चिकित्सकले दुवै चालकलाई मृत घोषणा गरेका हुन् ।

त्यस्तै दुर्घटनामा परेका दुवै मोटरसाइकलका पछाडि सवार यात्रुहरू गम्भीर घाइते भएका छन् ।

यामाहा मोटरसाइकलमा सवार पाणेनी गाउँपालिका–५, मैदान निवासी १८ वर्षका दिपा कोईराला, र होण्डा साइनमा सवार छत्रकोट गाउँपालिका–६, मोहोरे गुल्मीका ४४ वर्षका सुरज सुनारको टाउकोमा गम्भीर चोट लागेपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको छ ।

प्रहरी चौकी बल्कोट अर्घाखाँचीका अनुसार दुवै मोटरसाइकल हाल प्रहरीको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा दुर्घटना तीव्र गतिका कारण भएको अनुमान प्रहरीको अनुमान छ । घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?