१२ पुस, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा वेवारिसे अवस्थामा विभिन्न प्रकारका हात हतियार तथा विष्फोटक पदार्थहरू फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीको कमान्डमा खटिएको गस्ती टोलीले विहान अन्दाजी १० बजे शितगंगा नगरपालिका वडामा नम्बर ११ बोक्सेमा विभिन्न किसिमका हतियार तथा विष्फोटक पदार्थहरू फेला पारेको हो ।
ग्रामिण गस्ति गर्ने क्रममा बोक्सेमा पुरानो कोही नबस्ने गोठ (थारो) मा भरुवा बन्दुक २ थान, ग्रिनेट १४ थान, डेटोनेटर थान १२, पलास्टिकको पाईप लम्वाई २५ ईन्च लामो लन्चर जस्तो देखिने पदार्थ थान ३, ५ लिटरको प्रेषर कुकर वम थान १, स्टिलको डलु बम थान १, विजुलीको तार ४ बण्डल र बारुद अन्दाजी ५०० ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीले बताए ।
भरुवा बन्दुक थान २ बाहेक अन्य बिष्फोटक पदार्थहरु नेपालि सेनाको सहयोगमा डिष्पोज गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
(अर्घाखाँचीबाट प्रेमनारायण आचार्यको सहयोगमा)
प्रतिक्रिया 4